कला/साहित्य

कालो दिमाख : इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम, एक करोड भन्दा बढीको ट्रान्ज्याक्सन

काठमाडौं । गैर कलाकारलाई कलाकारका रुपमा विदेश पठाउने धन्दामा संलग्न पक्राउ परेका ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकु मानव बचेबखिनमा सक्रिय रहेको आसंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानमा समेत परेका छन् । मंगलबार पक्राउ परेका इकुले गैर कलाकारलाई कलाकारका रुपमा विदेश लैजाने गरेको खुलेको सीआईबीले निष्कर्ष निकालेको छ ।बुढानीलकण्ठबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार कतिपयलई पैसा लिएर पनि विदेश नपठाएको उजुरीकर्ताहरुको उजुरी परेकोे छ ।

बैंक खातामा शंकास्पद कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयु) ले दुई हप्ताअघि सीआईबीलाई सुचना दिएको थियो । त्यपछि ब्युरोले अनुसन्धालाई अगाडी बढाएको थियो । विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सर्वसाधारणलाई कलाकारका रुपमा क्यानडा, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै रकम लिएको र कतिपयलाई नपठाएको पाइएको सीआईबीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतले इकुलाई ठगीको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सीआईबीका निर्देशक तथा एआईजी दीपक थापाले इकुको खातामा ६० लाख रुपैयाँ बढी रकम भेटिएको बताएका छन् । एक करोड भन्दा बढी रकम निरन्तर ट्रान्ज्याक्सन भएको विवरण राष्ट्र बैंकले सीआईबीलाई पठाइसकेको छ ।

इकुले एसएमएस फिल्म प्रालि नामक कम्पनीमार्फत युरोपका विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रमको सूची देखाउने र त्यहाँ लगिदिने भन्दै सर्वसाधारणसँग रकम लिएको पाइएको सीआईबीका एसपी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

इकुविरुद्ध अहिलेसम्म चार जनाको सीआईबीमा उजुरी परेको छ । उजुरीमा दुई जनाले समान साढे २ लाख रुपैयाँ ठगी गरेको दाबी गरेका छन् भने एक जनाले ४ लाख र थप एक जनाले ९ लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन् । दुई जना गैरकलाकारलाई २८ लाख रुपैयाँ लिएर कलाकार भन्दै युरोप पठाएको खुलेको सीआईबी जनाएको छ । पक्राउ परेका इकुले ‘२८ लाख रुपैयाँ लिएर गोरखा घर भएका दुई जनालाई कलाकार बनाएर युरोप पठाएका छन । इकुले विदेश जाने आवेदन दिन चाहिने कागजातहरु समेत कीर्ते गरेको प्रमाण सीआईबीले भेटेको छ । गैरकलाकारलाई कलाकार भनेर बनाइएको कागजात, नक्कली बैंक स्टेटमेन्ट, नक्कली भिसा र टिकटसमेत विभिन्न अनुभव तथा तालिमका पत्रहरु समेत नक्कली बनाउने गरेको थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट