काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ।
भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरिन्। उनले लैंगिक समानताका लागि नेपाल ‘यूएन वुमन’सँग मिलेर काम गर्न तत्पर रहेको बताइन्।