काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारी पीडितको सही समाधान गर्न सरकारले प्रयास थालिसकेको स्पष्ट पारे ।
सहकारीमा बचत गरेको अर्बो रकम हिनामिना गर्नेलाई कानुनी दायरामा ल्याएर बचतकर्ताहरुको रकम फिर्ता गराउने सरकारको प्रतिवद्धता भएकाले कानुनलाई अध्ययन गरेर सहकारी प्रकरणका दोषिलाई कारबाही गरिने प्रधानमन्त्रीले ओली बताए । कानुनले बताए अनुसार सहकारी प्रकरणमा सरकार अनुसन्धान गर्न सदैव तयार रहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले सहकारीको समस्या समाधान गर्न कानूनको दायरामा रहेर अघि बढ्ने बताए । सामाजिक सञ्जालमा बोल्दिनेहरुलाई सजिलो भए पनि कानूनअनुसार सहकारी पीडितको रकम फिर्ता गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।