काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ ।
उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको प्रहरीले जनाएको छ । सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । उक्त प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् ।