विश्व

सुडानमा मानवीय सङ्कट निरन्तर बढ्दै गएको राष्ट्रसङ्घीय एजेन्सीको चेतावनी

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले लाखौँ मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय सङ्कट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।

दुई एजेन्सीहरूले संयुक्त विज्ञप्ति मार्फत यस वर्ष पाँच वर्ष मुनिका ३७ लाख बालबालिका कुपोषणको जोखिममा रहेको जनाउदै उनस्हरुले पर्याप्त सहयोग सहायता प्राप्त नगरेमा रोगहरूबाट मर्ने सम्भावना ११ गुणाले बढ्ने चेतावनी दिएका छन् ।

उनीहरूले सबै प्रभावित समुदायहरूमा दिगो उपस्थिति राख्न अनुमतिसहित सहायता र प्राविधिक सहयोग प्रदान गर्न जिम्मेवार राष्ट्रसङ्घीय एजेन्सीको महत्वलाई जोड दिएका छन् ।

विशाल चुनौतिहरूको बावजुद, युएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपतकालीन आश्रय र पानी , शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थनलगायतका आधारभूत सेवाहरू प्रदान गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ मा सुरु भएको सुडानको द्वन्द्वले आन्तरिक वा वाह्य रुपमा एक करोड दश लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ भने लाखौंलाई भोकमरीको सँघारमा धकेलेको जसमा अधिकाश महिला तथा बालबालिका रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *