देश

कसैप्रति पूर्वाग्रही नराखी सरकारले सहकारी प्रकरणमा विधिको शासन अनुरुप अनुसन्धान जारी राखेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेकाले सहकारी प्रकरणका आरोपितमाथि पूर्वाग्ररहित वातावरणमा अनुसन्धान गरिरहेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवन आयोजना गरेको दीपावली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव नराखी अनुसन्धान गरेको भन्दै मन्त्री सिंहले ‘सरकारले विधिको शासन कायम राखेको बेला सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले सरकारप्रति विभिन्न आरोप लगाएको भन्दै आपत्ति जनाए ।

सरकारले सहकारी प्रकरणमा देखिएको समस्या समाधानका लागि काम गरिरहेको बेला रास्वापका नेता तथा कार्यकर्ताहरुले आफ्ना सभापति रवि लामिछानेलाई बचाउ गर्न रास्वपाको सिङ्गो टिम र रास्वपाका नेता तथा कार्यकर्ताहरुले विधिको शासन विपरित सडक आन्दोलन गरेको भन्दै उनले रास्वाभित्र नैतिक संस्कार नभएको उल्लेख गरे ।

मन्त्री सिंहले नयाँ भन्नेहरुले कुनै पनि नयाँ भिजन र नयाँ आचरणको विकास गर्न नसकेको भन्दै सरकार र अदालतको आदेशलाई मान्नुपर्ने स्पष्ट पारे । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाइको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा रहेका बेला उपप्रधानमन्त्री सिंहले रास्वपालाई सुध्रिनका लागि आग्रह गर्दै सुझाव दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *