राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइको माग गर्दे आइरहेको रास्वपाले आज काठमाडौंको बालुवाटारमा बिरोध प्रदर्शन गर्न लागेको हो । रास्वपाले रबिको रिहाइको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने पोखरामा प्रहरीको हिरासतमा रहेका छन् । सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीयको अपेक्षाकृत समर्थन नपाएपछि उसले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएको छ ।रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *