काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि सोमबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।
बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा केही महत्वपूर्ण विषयमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ ।