राजनीति

मानव अधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आयोजना गरेको स्मृतिसभामा प्रधानमन्त्रीसहित सहभागीहरूले श्रद्धाञ्जली व्यक्त गरिएका हुन् ।

सो अवसरमा पद्मरत्न लुमन्ते गठी पुरस्कार भाषा र मानवअधिकारका क्षेत्रमा योगदान दिएबापत जनकवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *