युक्रेन। युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताएका छन् ।
उनले टेलिग्राम मार्फत घटनाको जानकारी गराउदै हमलामा मानविय क्षती हुनुका साथै घरहरू क्षतीग्रत भएको उल्लेख गरेका छन् ।
खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।
सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो ।
स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।