देश

बालुवाटारबाट पक्राउ परेका रास्वपाका कार्यकर्ता रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका चार दर्जन नेता तथा कार्यकर्ता रिहा भएका हुन् ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको विरोधमा मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आजको प्रदर्शन सकिए लगत्तै रिहा गरेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *