काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषदले हरिप्रसाद रिजालको अध्यक्षतामा भुमि समस्या समाधान आयोग गठन गरेको छ ।मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ देखि ३० गतेसम्मको भ्रमण कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए ।
यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने निर्णय बैठकले गरेको छ । यससँगै बैठकले अन्य १२ वटा निर्णय गरेको छ ।