देश

सुन तस्करीमा दोषी ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल १४ महिनापछि रिहा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर १३ कात्तिकमा रिहा भएका हुन् ।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो । राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

राहुलको मुद्दामा गत भदौमा फैसला भएको थियो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि १३ कात्तिकमा १४ महिना पूरा भएसँगै उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले जनाएको छ । उनका बुबा कृष्णबहादुर महरालाई पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा राखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *