काठमाडौं । कोशी प्रदेशमा अपराध अनुसन्धानका लागि प्रहरीले १२ वटा कुकुरको प्रयोग गर्दै आएको छ । कोशीमा कुकुर परिचालनका लागि दुई स्थानमा केनाइन शाखा छन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धरानमा प्रदेशको केनाइन शाखा छ, विराटनगर विमानस्थलमा पनि तालिमप्राप्त कुकुर छन् ।
प्रदेशमा अपराधमा संलग्नको खोजी, विष्फोटक पदार्थ, लागूऔषध अनुसन्धान र दैवी प्रकोपमा प्रयोग गरिन्छ ।
नेपालमा प्रहरीले कुकुरको प्रयोग गरेर अनुसन्धान सुरु गरेको २०३२ सालदेखि हो । कोशी प्रदेशमा भने २०४७ सालमा धरानमा केनाइन शाखा स्थापना भएको थियो । विराटनगर विमानस्थलमा २०७० सालमा केनाइन शाखा स्थापना गरिएको थियो ।