देश

तिहारको समयमा माछाको मूल्यमा वृद्धि

काठमाडौं । नेपालीहरुको महान चाड तिहारममा माछाको मूल्यमा वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको मूल्य वृद्धि भएको हो ।

कार्तिक १ गते ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४२ रुपैयाँ थियो, भने कार्तिक १४ गते ९ रुपैयाँले मूल्य बढेर ३६१ रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै, २४५ रुपैयाँ प्रतिकिलो पर्ने ताजा बचुवा माछाको मूल्य वृद्धि भई २६३ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै, १४ दिन अगाडी प्रतिकिलो छडी माछाको प्रतिकिलो २५० रुपैयाँ प्रतिकिलो पर्थ्यो भने सोको मूल्य वृद्धि भई २६० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ । यो मूल्य ताजा माछाको रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *