एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषदका अध्यक्ष समेत रहेका प्रख्यात अर्थशास्त्री डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ ।
देवरोयले भारतको आर्थिक सुधार तथा विकास रणनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको बताइन्छ । विशेषगरी रेलवे सेवालाई आधुनिकीकरण गर्न उनको विशेष योगदान रहेको मानिन्छ । देवरोय केही समययता पेट सम्बन्धी स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।
प्रधानमन्त्री मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै उनको निधनप्रति दुख व्यक्त गरेका छन् । यसैगरी विदेशमन्त्री एस जयशंकरसहितका राजनीतिज्ञ तथा उच्च अधिकारीहरुले देवरोयको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
देवरोय पूर्वीय साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गरेर पश्चिमा विश्वमा पनि प्रख्यात बनाउने काममा देवरोयको भूमिका रहेको मानिन्छ । अर्थशास्त्रसँगै साहित्य र संस्कृति लगायतका क्षेत्रमा पनि उनको दक्षता थियो ।