सम-सामयिक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भद्रपुर (झापा) । पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *