राजनीति

बुढानीलकण्ठमा जुटे कांग्रेस नेताहरु

काठमाडौं । चिनियाँ सहयोग परियोजना बीआरआईबारे निर्णय लिन सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरु जुटेका हुन् ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महतलगायत सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ ।

आजको बैठकमा बीआरआईको बारेमा निर्णय लिने र सत्ता साझेदार दल नेकपा एमालेलाई जानकारी गराउने तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *