विश्व

जासुसी गरेको भन्दै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश

रुसले जासुसी गरेको आरोपमा बेलायती कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।

दुतावासमा दोस्रो सेक्रेटरीको रूपमा कार्यरत कुटनीतिज्ञ एडवर्ड विल्क्सलाई देश छाडन आदेश दिइएको हो ।

रूसी संघीय सुरक्षा सेवाले मस्कोमा रहेको दूतावासको आवरणमा अघोषित ब्रिटिश गुप्तचर उपस्थिति देखिएको दाबी गरेको हो । कूटनीतिज्ञले रूसी संघको सुरक्षालाई खतरामा पार्ने गुप्तचर र विध्वंसक कार्यहरू सञ्चालन गरेको संकेत फेला परेको रुसको दाबी रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायती प्रधानमन्त्री केयर स्टाररका प्रवक्ताले कूटनीतिक निष्कासन बारे आफू अनभिज्ञ रहेको जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *