काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि शुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलका लागि १२ हजार टिकट ‘सोल्ड आउट’ भएको छ ।
केही दिनअघि खल्तीमार्फत घोषणा गरिसकेपछि राम्रो फिडब्याक आएको र पहिलो म्याचको पूरै टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।
मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको र पहिला खेलको लागि सबै टिकट सोल्डआउट नै भइसकेको उनी बताउछन् ।
एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् ।