काठमाडौं । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई हराएको छ ।
युएईमा शुक्रवारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासंग पराजित भएको हो । ४६ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १७८ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले ५५ रनले जीत हाँसिल गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुुई सय ३३ रन बनाएको हो ।
श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए ।
श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई/दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् ।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक/एक विकेट हात पारे ।