खेलकुद

एनपीएल : उपनिर्वाचनका कारण आज खेल नहुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरु छैनन् ।

आज देशका विभिन्न स्थानमा स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरु नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ ।

आजको खेल भोलि मंसिर १७ गतेको लागि सारिएको हुनाले मंसिर १७ गते सोमबार भने दुई खेल रहेका छन् ।

क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः १५ बजे काठमाडौं गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *