काठमाडौं । गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआइजी छविलाल जोशीलाई चितवन लगिएको छ । चितवनको भरतपुर स्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि आज उनलाई चितवन ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए । उनका अनुसार जोशीसंगै रामबहादुर खनालललाई पनि चितवन ल्याइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा उनीहरुको बयान सकिएपछि पोखरा नै फिर्ता पठाइने प्रहरीले जनाएको छ ।