मुख्य समाचार

हेटौंडा -१२ मा कांग्रेसका तिवारी विजयी

हेटौंडा । मकवानपुरको हेटौंडा-१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् ।

उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १हजार ३ सय ९८ मत प्राप्त गरे ।

यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *