सम-सामयिक

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीको जित

काठमाडौं । रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *