खेलकुद

एनपीएल: काठमाडौंले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं। आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेल अन्तर्गत काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुँदैछ। आजको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन्।

जनकपुर बोल्टससँग पराजित भएर आएको कर्णाली याक्स र चीतवन राइनोजसँग पराजित भएर आएको काठमाडौं गुर्खाज बिच पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन्।

आज हुने पहिलो खेलमा कर्णालीवाट सोमपाल कामीले नेतृत्व गर्नेछन् भने काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *