देश

धनगढीका मेयर हमाल बिरामी, आईसीयूमा उपचार हुँदै

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी परेका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अचानक समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनको अहिले आईसीयूमा उपचार भइरहेको छ ।

आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहितले मेयर हमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्योपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएका छन् । टोलीमा प्रदेशसभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना पनि थिए । उनले हमालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *