विश्व

सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसङ्घ

सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले ट्वीटरमा साझा गरेको पोस्टमा लेखेको छ, “हालैको हिंसामा केही दिनमै उत्तरपश्चिम सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले सिरियामा सबैभन्दा कमजोरलाई सहयोग गर्न मानवीय प्रयासहरू बढाउँदैछ ।”

यसैबीच, हजारौं बासिन्दाहरू होम्स शहरबाट भागेका छन् । दमास्कसतर्फ विद्रोहीहरूको अग्रसरतामा त्रास फैलिएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले शुक्रबार हजारौं होम्सका बासिन्दाहरू पश्चिमी किनारतर्फ रातभरि भाग्न थालेका जनाएका छन् । यहाँ सिरियाली राष्ट्रपति बसर अल–असदले अझै पनि नियन्त्रण कायम राखेका छन् ।

बिहीबार उत्तरको हामा सहर कब्जा गरेपछि विद्रोहीहरूले होम्सको चौराहे शहरमा आफ्नो नजर राखेका छन्, जुन कब्जा गरेमा राष्ट्रपति बसर अल–असदको नियन्त्रणमा रहेको क्षेत्र विभाजित हुनेछ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक दशक भन्दा बढीको युद्धमा तीन लाख भन्दा बढी नागरिक मारिएका छन्, जबकि लाखौं क्षेत्रभरि विस्थापित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *