काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद चढेको प्लेनले राडार छोडेको देखिएको छ ।
त्यसलाई लिएर दुई थरी धारणा सार्वजनिक भएका छन् । एक थरीले राडार बन्द गरेर प्लेन उडेको भनेका छन् ।
अर्का थरीले चैँ सिरियाली विद्रोहीले होल्म्स सहर क्षेत्रमा प्लेन झारेको दाबी गरेका छन् ।
‘अन्जान गन्तव्य’ गएको भनिएको असदको प्लेन कता पुग्यो र कुन हालतमा पुग्यो भन्ने औपचारिक सूचना अहिलेसम्म आइसकेको छैन ।
तर, सामाजिक सञ्जालमा एक प्लेन होम्स नजिकै झारिएको र त्यो असदको हुनसक्ने दाबी गरिएको छ ।