काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका नेकपा माओवादी केन्द्र नेता रामकुमार राई ‘पासाङ’ अपराधिक घटनामा संलग्न रहेर प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेका देवान राईलाई उन्मुक्ति दिन जिल्ला प्रशासन खोटाङसँग शक्तिको दुरुपयोग गर्दै चलखेलमा लागेका छन् । मृतकका परिवारलाई सहानुभूति र सत्य तथ्य प्रमाणमा आधारमा पीडित परिवारलाई न्याय दिलाई दोषीलाई कारबाही गर्न संम्बन्धित निकायलाई निर्देशन दिनुको सट्टा खोटाङे जनताले ३१ हजार ३५१ मत दिएर निर्वाचित गराएका राई अहिले अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तीलाई उन्मुक्ति दिने खेलमा लागेका हुन् ।
खड्कालाई आत्म हत्या गर्न बाध्य पार्ने हिरासतमा रहेका देवान राईलाई उन्मुक्ति दिन नेता राईले जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेललाई बेलाबेला दबाब दिदैँ आएका छन् । उनले पीडकका पक्षमा बोलेको अडियो समेत संकल्प खबरलाई प्राप्त भएको छ । सोही अडियोमा नेता राईले मृतकका परिवारलाई थप पीडामा पार्न देवान राईविरुद्ध उजुरी दिनु गलत भएको बताउँदै आएका छन् । नेता राईले बोलेको अडियो रेकर्डमा खड्कालाई आत्म हत्या गर्न बाध्य पार्ने हिरासतमा रहेका देवान राईलाई उन्मुक्ति दिन जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेललाई आग्रह गरेको बताएका छन् । उनले प्राप्त अडियोमा भनेका छन् – ‘परिबन्धमा पर्नुभयो , हामिले हल्का खुकुलो बनाइदिनु अफ्ठ्यारोमा परेको छ भनेका छौँ ।’
अभियुक्तका परिवारले नेता राईलाई मात्रै आफ्नो पक्षमा बोलिदिन आग्रह गरेका छैनन् अझ चिन जान भएका विभिन्न राजनैतिक दलका नेता तथा शक्ति र सत्तामा रहेका राजनैतिक दल, नागरिक समाजलाई समेत आफ्ना पक्षमा बोलिदिन र जिल्ला प्रहरी कार्यालय खोटाङ्लाई दबाब दिन आग्रह गर्दै आएका छन् । सोही अनुसार विभिन्न राजनैतिक दल र शक्ति र सत्तामा रहेकाहरुको फोन जिल्ला प्रहरी कार्यालय खोटाङमा दैनिक जसो जाने गरेको बुझिएको छ । पिडकका परिवारले मृतकका परिवारलाई विभिन्न तथ्यहीन आरोप र प्रत्यारोप गर्दै गाली बेइजत गरेको पीडित परिवारले बताएका छन् ।
दिप्रूङ चुईचुम्मा गाउँपालिका वडा नं. ६ छितापोखरी धिप्लुङ निवासी असल चरित्र भएका २१ वर्षीय सुमन खड्कालाई गत मंशिर ४ गते धिप्लुङ स्कुल परिसरमा किराना तथा मदिरा पसल संचालन गर्दै आएका सोही वडाका देवान राईले विना प्रमाण चोरीको आरोप लगाई सम्बन्धित निकाय प्रहरी प्रशासन र घरपरिवारलाई समेत जानकारी नगराई निर्घात रुपमा शारिरिक तथा मानसिक असर पर्ने गरि कुटपिट गरी चोरको हल्ला फिजाएर आत्म हत्या गर्न बाध्य पारेपछि मृतक सुमन खडकाले मंशिर ९ गते राती देवान राईले गरेको अभद्र व्यवहार र मानहानीका कारण आफुले सोही कुरा सहन नसकि आत्म हत्या गर्न बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन् ।
खोटाङका इनिस्पेक्टर मोहन बोहराका अनुसार खडकालाई आत्म हत्या गर्न बाध्य पारेको आरोपमा प्रहरी हिरासतमा रहेका राईले घटना स्थलमा प्रत्यक्षदर्शीको अगाडी खडकामाथि कुटपिट गरेको विषय समेत स्वीकार गरिसकेका छन् । खड्कालाई आत्म हत्या गर्न बाध्य पार्ने राईले किराना पसलका साथमा मदिरा बेच्दै मात्रै आएका थिएनन् ,उनले तास समेत खेलाउँदै आएका थिए । यस विषयमा स्थानीय सरकारको ध्यान समेत जान सकेको छैनन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक बिष्टका अनुसार गत मङ्सिर ४ गते आफ्नो पसलबाट पैसा चोरेको आरोप लगाई ३५ वर्षीय देवान राईले मृतक सुमनको निर्घात कुटपिट गरी उनलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा राईलाई २०८१ मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
मंशिर १७ गते पीडित परिवारले प्रहरीमा राईविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उजुरी दिएपछि राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको हो । देवान राईले लगाएको चोरको आरोप र गाली बेइज्जती सहन नसकी आत्महत्या गर्न बाध्य भएको, यदि देवान राईले म माथि झुट्ठो आरोप नलगाई मेरो कुरा बुझि दिएको भए मैँले आत्म हत्या गर्नु पर्ने अवस्था आउँदैन थियो मृतक सुमन खडकाले लेखेको सुुसाइड नोटमा उल्लेख छ । मृतक समुन खडकाको शरिरका विभिन्न भागमा अभियुक्त राईको कुटाईबाट निलडाम र नलि खुट्टामा समेत गहिरो चोट परेको पीडित परिवालले बताएका छन् ।
सुमन खडकालाई आत्महत्या गर्न बाध्य गराई आत्महत्या गर्न दुरुत्साहन गरी अपराध गरेको हुँदा निजलाई यस कार्यालयबाट पक्रि झिकी आवश्यक अनुसन्धान कारबाही गरी मुलुकी फौजदारी संहिता २०७४ को दफा १८५को उपदफा १ र २ तथा ऐ। को दफा १८६ बमोजिम हदैसम्मको कैद सजाय गरी क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ,’भनि मृतकका पीडित परिवारले जिल्ला प्रहरी कार्यालय खोटाङनमा किटानी जाहेरी दिएका छन् ।
खोटाङ प्रहरी स्रोतका अनुसार माओवादीका नेता तथा कार्यकर्ताहरू जिल्ला पुगेर दलका शक्तिशाली नेताहरुलाई भनसुन गरि दोषीलाई रिहाइ गर्न पहल गरिरहेको राजनीतिक बलको आधारमा दोषीलाई उन्मुक्ति दिन दबाब बढ्न थालेपछि दोषीलाई उन्मुक्ति नदिन जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेल लाई पिडित पक्षले अनुरोध गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङसँग पीडित पक्षले पेश गरेका विभिन्न प्रमाणमा आधारमा सत्य ,तथ्य घटनाको छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग राखेका छन् ।प्रहरी प्रशासन र अदालतले शक्ति र सत्ताका आधारमा पीडकको पक्षमा फैसला गरे उच्च अदालतमा पुनरावेन निवेदन दिने पीडित पक्षले बताउँदै आएका छन् । पीडित पक्षले कोही कसैको दबाब र प्रभावमा नपरी ठोस प्रमाणका आधारमा निष्पक्ष छानबिन गरि स्वच्छ न्यायलयको छवि बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन् ।