संसद

संसदमा पनि विद्युतीय हाजिरी, सांसदहरूको बायोमेट्रिक लिइँदै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा पनि विद्युतीय हाजिरी सुरु गर्न थालिएको छ । त्यसका लागि सोमबारदेखि सबै सांसदहरुको बायोमेट्रिक लिन सुरु भएको छ ।

संसद् सचिवालयले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाबाट बायोमेट्रिक लिन सुरु गरेको हो । बायोमेट्रिक सकिएसँगै विद्युतीय हाजिरी सुरु हुनेछ । राष्ट्रियसभामा यसअघि नै ई–हाजिरी सुरु भइसकेको छ ।

सांसदहरू बैठकमा उपस्थिति नहुने गरेपछि संसद् सचिवालयले विद्युतीय हाजिरी सुरु गर्न थालेको हो । प्रमुख दलका शीर्ष नेता नै संसदमा उपस्थित नहुने गरेका छन् । जसकारण महत्वपूर्ण विषयमा हुने छलफलमा कोरम नै पुग्दैन ।

धेरैपटक विधेयक पास गर्ने बेला सांसदहरूको कोरम नपुगेर बैठक स्थगित हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *