संसद

माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाउने भन्दै दिएको अभिव्यक्ति हटाउन निर्देशन दिएका हुन्। त्यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि जवाफ दिइसकेका छन्।

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *