संसद

नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन सकेन : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रमले दलित समुदायलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

आज (शनिबार) प्रतिनिधिसभा बैठकमा उनले विकासलाई पुनः परिभाषित गर्नुपर्नेमा जोड दिए । उनले राज्यको १३ प्रतिशत दलित समुदायलाई नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै गुनासो गरे ।

‘नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई समेट्न सकेन । राज्य व्यवस्थामा अंशियार नै खोज्ने हो भने १३ प्रतिशत पाउँछौँ’, उनले भने । सचेतक परियारले राजनीतिक व्यवस्था परिवर्तन गरिए पनि प्रवृत्ति परिवर्तन गर्न नसकेको भन्दै दुखेसो पोखे । उनले भ्रष्टाचार नियन्त्रण गर्ने योजना पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *