संसद

सुवास नेम्वाङको अभावमा राजनीतिमा अप्ठ्यारा आउन सक्छन् : सांसद परियार

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अभावमा नेपाली राजनीतिमा केही अप्ठ्यारा आउन सक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएपछि पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताए ।

उनले भने, ‘हामी राष्ट्रिय मुद्दाहरु टुङ्ग्याउने तरखरमा थियौं । अस्ति भरखरै मात्र उहाँले हामीलाई केही जिम्मेवारी दिनु भएको थियो । हामी काम गर्दै थियौं । काम लगभग टुङ्ग्याउनै लागेका थिायौं तर उहाँको निधनले नराम्रो बनायो । उहाँको अभावमा ती मुद्दाहरु टुङ्ग्याउन केही अप्ठ्याराहरु आउन सक्छ ।’

उनले नेपालको राजनीतिमा सहमति, समन्वय र कार्यान्वयन गर्न सक्ने कुशल थोरै नेतामध्ये नेम्वाङ एक भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *