राजनीति

योगेश भट्टराईको प्रश्न – सकारी दस्तावेजमा जनयुद्ध शब्द कांग्रेले स्वीकारेको हो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो या होइन भन्दै नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको संम्बोधनका क्रममा उनले नेपाली कांग्रसलाई यस्तो प्रश्न गरेका हुन् । एमाले सचिव भट्टराईले २०७२ साल पछि पहिलो पटक सकारी दस्तावेजमा जनयुद्ध शब्द आएको समेत बताए ।

सोभियत युनियन ढलेको र समाजवादी राज्य व्यवस्थामाथि ठूलो संकटको समयमा अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले समाजवादी विचारको अन्त्य भयो भन्ने सन्दर्भमा ‘इण्ड अफ दि हिस्टी’ लेखेको चर्चा गर्दै त्यो कुरा स्वीकार गरेको बताए । विश्वका सबैले अस्वीकार गरेकोे तर हामिले यसलाई स्वीकार गरेको बताए ।

दुनियाँका माक्र्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागेको उनले भने ।

पहिलो नम्बर बुँदा नेपाली कांग्रेसले स्वीकार गरेको अवस्थामा कांग्रेसको इतिहास सकिने समेत उनले दाबी गरेका छन् । नीति तथा कार्यक्रममा बोल्दै उनले गठबन्धनको ठूलो नेता नेपाली कांग्रसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो हात रहेकाले सभापति देउवाको सहमतिमा नै सो शब्द दस्तावेशजमा जारी गरेको भन्ने कुरा बताए । यसको जवाफ सभापति देउवाबाट पाउनुपर्ने अपेक्षा एमाले सचिव योगेश भट्टराईले राखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट