राजनीति

नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल भएको राजकिशोर यादवको दावी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल बनेको बताएका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार संसदमा बोल्दै यादवले नीति तथा कार्यक्रमले अहिलेको यर्थाततालाई बुझ्न नसकेको बताएका हुन् ।

‘ नीति तथा कार्यक्रममा बोल्दै उनले वर्तमान परिपेक्षलाई राम्रोसंग नियाल्न नसकेकाले अबको समयमा समस्याको जड पत्ता लगाएर समाधानको दिशातिर अग्रसर हुनुपर्ने बताए ।

नेपाललाई वास्तविक नेपाल निर्माणमा दृढ संकल्प लियर विश्वासनीय खाका तयार गरेर निर्माणको बाटोतिर अग्रसर नरहनुको विकल्प नभएको उनको भनाइ छ । विश्वमा अर्थराजनीतिमा देखा परेको समस्याको समाधानका लागि सबै एकजुट भएर जानुपर्ने जसपा सांसद जयकिशोर यादवले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *