राजनीति

पोखरा : जेष्ठ १० गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन पोखरामा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीका अनुसार जेठ १० गते सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको हो ।

उक्त सम्मेलनमा प्रदेशले गरेका उपलब्धी र अधिकारका विषयमा छलफल हुनेछ । प्रदेशस्तरिय सम्मेलनमा हरेक प्रदेशले प्राप्त गरेका विकासका योजना र साझा धारणा निर्माणका लागि सो सम्मेलन गर्न लागिएको जनाइएको छ । सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *