
काठमाडौं । नेकपा एमालेका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाको क्याम्प स्थापना भएको राजनीतिक विश्लेषक भरत दाहालको दाबी झुटो रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकको शून्य समयमा मंगलबार बोल्दै जोशीले दाहालले भ्रमपूर्ण सन्देश समाजमा फिँजाएकाले कार्बाहीको माग गरेका छन् ।
भरत दाहालले यही जेठ ६ गते भिडियो बनाएर बझाङ जिल्लाको साइपाल गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, स्थानीय प्रशासन सिडिओलाई खबर गर्दा बेवास्ता गरेको भन्दै अवास्तविक कुरा बाहिर ल्याएर भ्रमपूर्ण काम गरेको भन्दै यसको सत्य,तथ्य छानविनका लागि गृहमन्त्रालयसमक्ष एमाले सांसद भानुभक्त जोशीले माग राखेका छन् ।