राजनीति

सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणित गर्न पछि हट्नु हुन्न : विमलेन्द्र निधि

कामठाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणित गराउन सरकार तयार हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बुधबार बोल्दै निधिले संसदले दुई पटक पारित भइसकेको हुनाले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित हुनुपर्ने बताएका हुन्।

‘संसदबाट दुईपटक पारित गरेर गएको विधेयक संसदमा फिर्ता नआइ राष्ट्रपतिबाट प्रमाणित हुनुपनुपर्ने उनको भनाइ छ ।

सदरनले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नु कुनै मुस्किल नपर्ने भएकाले अब त्यसका लागि राष्ट्रपति तयार हुनुपर्ने बताएका छन् । नेपाली नागरिकले पाउने अधिकारलाई अब हरेक बहानामा राष्ट्रपतिले पछाडि सार्न नहुने समेत उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *