
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगनकुमार थापाले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गर्न ढिलो भएको बताएका छन् ।
बुधबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा बोल्दै उनले यो वर्ष आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्न ढिलो भएकाले आगामी वर्ष चैत्र महिनामा संसदमा बजेट पेश गरिसक्नुपर्ने बताएका हुन् । सरकाले वर्ष अन्तिम महिना बजेट पेश गरेर बैशाख जेष्ठ महिनामा संसोधन गरि पेश गरिसक्नुपर्ने उनको भनाइ छ ।
नीति तथा कार्यक्रममा बोल्दै थापाले भने,‘ महामन्त्री विश्वप्रकाश शर्मा र मैँले नीति तथा कार्यक्रम बदल्न अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर नीति तथा कार्यक्रमको खाका बदल्न पत्र बुझाएका छौँ ।’ सो खाकामा नीति तथा कार्यक्रम कस्तो हुनुपर्ने भन्ने उल्लेख गरिएको महामन्त्री थापाले बताए । नीति तथा कार्यक्रम पुरानो शैलीको भएपछि नयाँ आधारस्तम्भ खडा गर्न अनुमान गर्न नसकिने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डलाई क्यापटेनले सबै कुरामा बिचार पुर्याउनुपर्ने भएकाले यस विषयमा चनाखो हुनुपर्ने महामन्त्री थापाले बताए । क्यापटेनको निगरानीको अभावमा सामुदायिक विधालयमा लगभग ५५ हजार शिक्षकको दर्बन्दी नपुगेको बताए । उनले कर्णालीका ४० प्रतिशत विधालयमा एक जना शिक्षकको पनि दर्बन्दी नभएको बताए । यस सन्र्दमा क्यापटेनले व्यावस्थापनका विज्ञ भएर सम्पूर्ण कुराको पूति गरेर व्यावस्थापनमा जोड दिन सक्नुपर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यलय एउटा अनुुसन्धान,अनुगमण गर्ने र सकरात्मक र नकरात्मक भएको नियाल्दै नीति तथा नियम कार्यान्वयन गर्ने ठाउँ भएकाले मन्त्रिहरुलाई दिएको नीति तथा नियमलाई व्यावहारिक दिने कामगर्नुपर्ने उनको भनाइ छ ।