राजनीति

निर्मल लामा स्मृति प्रतिष्ठानलाई लिजमा दिएको सार्वजनिक जग्गा प्रति प्रतिप पौडेलको असन्तुष्टि

काठमाडौं । नेपाली कांगेसका सांसद प्रदिप पौडेलले काठमाडौं महानगरपालिका वडा नं ५ मा रहेको ५.११ रोप्पनी सार्वजनिक जग्गा निर्मल लामा स्मृति प्रतिष्ठानलाई ४० वर्षका लागि लिएजमा दिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौँ भत्केको पुल आसपासमा रहेको सार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णय निर्मल लामा स्मृति प्रतिष्ठानलाई ४० वर्षका लागि लिजमा दिएपछि उनले असन्तुष्टि जनाएका हुन् ।

काठमाडौंमा बढ्दो जनसांख्यिक चापलाई बुझेर सार्वजनिक जग्गा संरक्षण गर्नुपर्नेमा कुनै व्यक्ति वा संस्थालाई व्यापारिक स्वार्थका लागि लिजमा दिने विषयप्रति उनले आपत्ति जनाएका हुन् ।

सांसद पौडेलले लामो समय देखि व्यक्तिले अतिक्रमण गर्न खोजेको प्रयासलाई स्थानीयवासीहरूले संघर्ष समिति बनाएर सार्वजनिक गुठी अन्तर्गत ल्याएको र २०७६ माघमा अदालतले समेत मुद्दा छिनोफानो गरेको, स्थानीयस्तरबाट नै सार्वजनिक खेलकुद पार्क बनाउन पहल भइरहेको जग्गालाई लिजको सम्पूर्ण प्रकिया समेत पुरा नगरी मिलेमतोमा प्रतिष्ठानलाई दिने निर्णय अस्वीकार्य भएको बताए ।

स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले समेत मन्त्रिपरिषदको निर्णयप्रति आक्रोसित भएको उनको भनाइ छ । सरकारले गरेको निर्णय खारेज गर्न उनले माग गरेका छन् ।

काठमाडौं उपत्यका लगायत सबै क्षेत्रका सार्वजनिक जग्गाको अतिक्रमण रोक्न कडा कानुन तथा संरक्षणका लागि विशेष नीति निर्माण गर्न समेत उनले माग गरे । जनताको पक्षमा लड्नेलाई सम्मानका नाममा सार्वजनिक जग्गा लिजमा दिने विषय उपयुक्त नहुने उनको भनाइ छ । अरु क्षेत्रका नागरिकलाई असर पुग्ने गरी र आम भावना विपरित गरिने सम्मानको उचित मूल्यांकन हुन नसक्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *