राजनीति

शरणार्थी ठगीकाण्डका आरोपीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका र फरार रहेका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले २७ करोड ८१ लाख बिगोदाबी गर्दै उनीहरूविरुद्ध ठगी, संगठित, राज्यविरुद्ध र कीर्ते मुद्दा दर्ता गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १७ जना फरार रहेका छन् । फरार रहेकालाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, डा.इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्दीप रायमाझीलगायत पक्राउ परेका छन् ।

८७५ नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट