
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सांसद ढाकाकुमार श्रेष्ठको पद खारेज भएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको थियो । सो कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।
ढाकाकुमारले सांसद पदमा पुनर्बहालीको माग गर्दै रिट दायरपछि उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल ढाकाकुमारको सांसद पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
ढाकाकुमारको पद खारेज भएपछि विन्दवासिनी कसाकारलाई सांसदको सपथ लिने बाटो खुलेको छ । रास्वपाले उनको ठाउँमा बिन्दावासिनी कंसाकारलाई सिफारिस गरेको थियो ।