राजनीति

कांग्रेस प्रचार विभाग प्रमुखमा मिन विश्वकर्मा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम सभापति देउवाले विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका हुन् ।

कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत छन् । उनी अहिले अर्थमन्त्रीको जिम्मेवारीमा पनि छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *