राजनीति

स्थगित संसद बैठक साँझ ६ बजेका लागि तय

काठमाडौं । शुक्रबार दिउँसो तीन बजे बस्ने गरि स्थगित भएको संघिय संसद बैठक साँझ ६ बजेका लागि तय भएको छ । दिउँसो तीन बजे बस्ने गरी स्थगित भएको संसद बैठक साँझ ६ बजेका लागि तय भएको संघिय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

शुक्रबार विहान जारी संसद बैठकमा सत्तापक्ष नेकपा माओवादीका नेताले प्रतिपक्षमा रहेको नेकपा एमालेलाई भ्रष्ट्रचारको आरोप लगाएको भन्दै नेकपा एमालेले नाराजुलुस गरेपछि स्थगित भएको थियो ।

दिनको ३ः ०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक बेलुका ६ बजेका लागि निर्धारण गरेको डा ।भरतराज गौतमले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट