राजनीति

लेकवेशी नगरपालिका : कार्यविधि २०७८ बमोजिम नापजाँच शुभारम्भ कार्यक्रम सम्पन्न

काठमाडौं । लेकवेशी नगरपालिकाको आयोजना र राष्ट्रिय भुमी आयोग जिल्ला कार्य समिति सुर्खेतको सहजिकरणमा नगरपालिकाको विगतका आयोग,समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०७८ बमोजिम नापजाँच शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बसेको वडा स्तरिय सहजीकरण समिति संयोजक प्रतिमान बाँकावलको अध्यक्षता, नगर प्रमुख उमेश कुमार पौडेलको विशेष आतिथ्यतामा शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।

उक्त शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदमलाल लामिछाने र राष्ट्रिय भुमी आयोग जिल्ला कार्य समिति सुर्खेतका प्रतिनिधिहरुको समेत सभागिता रहेको थियो । उक्त कार्यक्रममा नगर कार्यपालिका सदस्य , राजनितीक दलका प्रतिनिधि, कर्मचारी समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा नापजाँचका क्रममा आउन सक्ने सम्भावित समस्याहरु र समाधानका उपायहरुका बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *