राजनीति

जनमत पाटीले गर्यो दुई सांसदमाथि कारबाही

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना सांसदलाई कारबाही गरेको छ । जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा)लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोपमा कार्बाही गरेको हो । बैठकले दलित कलस्टरबाट सांसद बनेकी सोनु मुर्मुरको ठाउँमा कपिलवस्तुकी दुर्गावत्ती धोवीलाई संसद् बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै आदिवासी जनजाति कलस्टरबाट सांसद बनेकी विनीता सिंह (सिरहा)को ठाउँमा कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी छ। पार्टी स्रोतले भने उपाध्यक्ष अब्दुल खानमाथि पनि कारबाहीको कुरा उठेको जनाएपनि पार्टीले तत्काल कार्बाही नगर्ने र आन्तरिक छलफलपछि निणर्य गर्ने बताएको छ ।

उपाध्यक्ष खानले पनि पार्टीको अनुशासन उल्लघंन गरेको बैठकमा उठेको थियो ।कार्यकारिणी सदस्य इर्फान शेख, सुनिता सदाय र जोया शेखमाथि पनि कारबाही भएको छ ।जनमत पार्टीको विधान संशोधन गरेर केन्द्रीय समिति विस्तार गर्नुको साथै ३५ सदस्यीय सचिवालय पनि गठन गरेको स्रोतले जनाएको छ । यस्तै ५० सदस्यीय कार्यकारिणी समिति पनि गठन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *