राजनीति

काँग्रेस आलोचनाबाट डराउदैन- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस आलोचनाबाट नडराउने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियनको ३२औं स्थापना दिवसको अवसरमा बोल्दै देउवाले आलोचनाले काम गर्न उत्साहित बनाउने भन्दै आलोचनाबाट कांग्रेस नडराउने बताएका हुन् ।

उनले देशमा अनियमितता र भ्रष्टाचारका प्रकरणहरूबारे आम रूपमा टिकाटिप्पणि र आलोचना भइरहेका तर्फ इंगित गर्दै उनले आलोचनाले केही समस्या भए त्यसको समाधान गर्न झन सहज हुने प्रतिक्रिया दिए । उनले उचित आलोचनाले काम गर्न उत्साह बढाउने र समस्या भए सच्याउन सकिने भन्दै आफ्नो पार्टी आलोचनाबाट नडराउने पनि बताए ।

उनले भने- ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले, डराउनदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । त्यसले आगामी दिनमा कामहरू गर्न अझ उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *