राजनीति

कोशी प्रदेश संशाेधनकाे माग राख्दै विराटनगरको देवकोटा चोकमा प्रदर्शन, अवस्था तनावग्रस्त

काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन् । अहिले सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुगको छ ।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा आन्दोलनकारीले प्रदर्शन गरेपछि तनावको अवस्था सिर्जना प्रहरीले आन्दोलनकारीलाई नियन्त्र गर्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

झडपमा परी एक सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ । प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए ।

कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले आन्दोलन जारी रहेको छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेपछि प्रदेश सभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ । कोशी प्रदेश सभाको बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको कोशी प्रदेशको नामकरण गरेपछि प्रदेश संसोधनका लागि विभिन्न संगठनले आन्दोलन जारी राखेपछि पहिलो पटक बैठक बस्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *