राजनीति

प्रधानमन्त्रीलाई नेविसंघले भन्यो- सरकारको भ्रष्टाचारविरोधी अभियानमा साथ छ

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्र सुधारका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार सिंहदरबारमा नेविसंघका पदाधिकारीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति , नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारको निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने लगाएतका ३३ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

नेविसंघले संघीय शिक्षा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने शिक्षा क्षेत्रमा हुने राजनीति र भागवण्डाको अन्त्य गर्नुपर्ने लगाएतका माग राखेका छन् ।

त्यस्तै सडक, हवाई यातायात र मनोरञ्जन क्षेत्रमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलिय प्रदान गर्नुपर्ने, नीति तथा कार्यक्रममा छुट भएका अन्य बिषयहरुलाइ समावेश गर्नुपर्ने लगाएतका माग राखिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

सुसासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै नेविसंघले सरकारको भ्रष्टाचार विरोधि अभियानमा साथ रहेको जनाएको छ । सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए ।

साथै, शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविश्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेस गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भैराखेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *